बझाङको केदारस्यूँ गाउँपालिका- १ घर भइ अमेरिका बस्दै आएका मल्लद्धारा व्ल्याङ्केट सहयोग


बझाङ: थलारा गाउपालिका ४ का असाहय, महिला र टुहुरा बालबालिका तथा बाढिपिडत घरपरिवारलाईलाई व्ल्याङ्केट वितरण गरिएको छ ।


केदारस्यूँ गाउँपालिका वडा नं. १ रायल बस्ने भक्त बहादुर मल्लका छोरा अमेरिका बसिरहेका रमेश कुमार मल्लले असाहय, महिला र टुहुरा बालबालिका तथा बाढिपिडत घरपरिवारलाईलाई व्ल्याङ्केट सहयोग गर्नुभएको हो ।



मल्लले थालारा गाउपालिका वडा नं.४ का ३१ जनालाई जनही १/१ थान व्ल्याङ्केट वितरण गर्नुृभएको हो । मल्लद्धारा सहयोग गरिएका व्ल्याङ्केटलाई थलारा गाउँपालिका उपाध्यक्ष राम ब खाती र वडा नं ४ का अध्यक्ष रामचन्द्र जोशी को रोहवरमा मोहनबहादुर मल्लले हस्तान्तरण गरी वितरण गनुृभएको थियो ।



