अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भोली प्रस्तुती दिन प्रमोद खरेल र सौगात ओझा आउदै

अत्तरिया: कैलालीको अतरियामा बुधबार देखि सुरु भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज गायकद्धय प्रमोद खरेल र सौगात ओझाले प्रस्तुती राख्ने भएका छन् । अत्तरिया उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवमा गायकद्धय खरेल र ओझा संगै स्थानीय कलाकारको पनि प्रस्तुती रहने संघका महासचिव यज्ञराज जोशीले बताएका छन् ।

 

महोत्सवको आकर्षणका रुपमा लामितालको डुङ्गा पनि रहेको छ । महोत्सवमा १५० वटा स्टल रहेका छन । माघ ९ गतेसम्म संचालन हुने महोत्सव हेर्नका लागि सर्वसाधारणका लागि ८० र विद्यार्थीहरुका लागि ५० रुपैयाँ टिकट कायम गरिएको छ । महोत्सवमा शारिरिक अपाङ्गता र जेष्ठ नागरिक तथा एकल महिलालाई भने निःशुल्क गरिएको छ ।

Loading...