सुदूरपश्चिम प्रदेशको प्रदेश सभा अनिश्चितकालका लागि स्थगित

धनगढी: सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्यको मोबाईलमा एसएमएस र सभाको सूचना पाटीमा सूचना टाँस गर्दै अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएको हो ।

 

‘सभाको तेस्रो बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी गराउँछौं’ सचिव देवबहादुर बोगटीद्धारा हष्ताक्षरित सूचनामा भनिएको छ ।
प्रदेश सभा सचिवालयमा आज सभामुख चयनका लागि निर्वाचनको कार्यतालिका रहेको थियो ।

Loading...