भुन्टीको ‘मुकुली’को घरमा पुग्दा आशा खड्काको बहिनी भेटिईन् ! दुख पोख्दै धरधरी रोईन, दुरुस्तै आशा जस्तै (भिडियो हेर्नुस)
कलाकारिता क्षेत्रमा थुप्रै संघर्षशिल कलाकार मध्ये एक हुन्, सबिता खड्का । हाल ‘गरिमा’ नामक एक सिरियलमा अभिनय संगै सिरियलको लेखन, निर्देशन पनि गरिरहेकी सबिताले आफ्नो जन्मदिनको खुशी कांडाघारीमा रहेको फ्युचर होप नेपाल आश्रमका २३ जना बालबालिकाहरुसंग साटेकी छिन् ।


चर्चित सिरियल भुन्टीकी मुकुली अर्थात रिता सिवाकोटी द्धारा संचालित आश्रम हो, ‘फ्युचर होप नेपाल’। सबिताले रिता सिवाकोटीको कामको तारिफ गरिन् । मोरंग कानेपोखरीकी सबिता खड्का झट्ट हेर्दा चर्चित कलाकार आशा खड्का जस्तै देखिन्छिन् । आशा जस्तै सबिता पनि सबै कुरामा पोख्त छिन्, अभिनयसंगै लेखन र निर्देशनमा पनि । त्यसो त आशा र सबिता बिच दिदी बहिनीको सम्बन्ध रहेछ । कलाकारितामा बिगत ६ बर्षदेखि संघर्ष गरिरहेकी सबिता खड्का धेरै मेहेनत गर्छिन तर मेहेनत गरे अनुसारको फल पाउन भने उनले सकिरहेकी छैनन । कुरा गर्दै जाँदा उनको आँशु बहे, भिडियो हेर्नुस






