अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा पुष ३० गते को को कलाकार आउदै छन ?
अत्तरिया: कैलालीको अतरियामा बुधबार देखि सुरु भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा पौष ३० गते (भोली) लोकप्रिय डेउडा गायक दिपेन्द्र दहाल, हिमाल सागर, माया पाण्डेय, रोजिका चौधरीले प्रस्तुती राख्ने भएका छन् । अत्तरिया उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको पनि प्रस्तुती रहने संघका महासचिव यज्ञराज जोशीले बताएका छन् ।


महोत्सवको आकर्षणका रुपमा लामितालको डुङ्गा पनि रहेको छ । महोत्सवमा १५० वटा स्टल रहेका छन । माघ ९ गतेसम्म संचालन हुने महोत्सव हेर्नका लागि सर्वसाधारणका लागि ८० र विद्यार्थीहरुका लागि ५० रुपैयाँ टिकट कायम गरिएको छ । महोत्सवमा शारिरिक अपाङ्गता र जेष्ठ नागरिक तथा एकल महिलालाई भने निःशुल्क गरिएको छ ।




आजका लागि गायक प्रमोद खरेलसंगै रमाएका छन् । महोत्सवमा गायक खरेरले ओइ झुमा,यो कुरा गोप्य नै राखौँला,रातो टिका निधारमा लगायतका गीत गाउँदै दर्शकलाई नचाएका थिए । महोत्सवमा आज सौगात ओझाको पनी प्रस्तुती राखेका थिए ।




