सिगास ९ भित्र माघ ५ गते बाट अमला र रिठा संकलन गर्न वडा कार्यालयको अनुरोध

बैतडी:


बैतडीको सिगास गाउँपालिका वडा नं. ९ को कार्यालयले वडा भित्र माघ ५ गते बाट अमला र रिठा संकलन गर्न आम सर्वसाधारणमा अनुरोध गरेको छ ।

हिजो शुक्रबार एक सूचना जारी गर्दै वडा भित्र माघ ५ गते बाट अमला र रिठा संकलन गर्न सकिने जनाएको हो । यहाँका कतिपय नागरिकको रोजिरोटी रिठा र अमला भएको कारण संकलन गर्न अनुरोध गरेको वडा कार्यालयले जनाएको छ ।

अमलालाइ औषधिको रूपमा प्रयोग गरिन्छ । अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा तितौराको रुपमा प्रयोग गर्न सकिन्छ ।

यसैगरी यस क्षेत्रमा पाइने रिठा एक प्रकारको रूख हो। यसको रूख अग्लो हुन्छ। यसमा लाग्ने फल चिप्लो किसिमको हुन्छ । यो गाउँघरमा साबुनको रूपमा प्रयोग हुन्छ ।

यसैबिच वडा नं. ९ का वडा अध्यक्ष कृष्ण सिंह धामी द्वारा हस्ताक्षरित सूचना अनुसार अमला र रिठा संकलन गर्दा अनावश्यक रूपमा रुखका हाँगा भाँचेमा जरिवाना सहित कानुनि कार्वाही हुने जनाइएको छ ।

सिगास गाउँपालिकाका अधिकांश बेसी क्षेत्रमा बसोवास गर्ने स्थानिय बासिन्दाले यो समयमा रिठा र अमला संकलन गरी स्थानीय बजारमा विक्री गरेर आफ्नो जिविकोपार्जन चलाउँदै आएका छन् ।

हेर्नुहोस् सूचना:

तस्वीर: वडा नं. ९ को कार्यालय बाट
Loading...