प्यारी झुम्की, छोटो जीवनको लामो सम्झना

प्यारी झुम्की
छोटो जीवनको लामो सम्झना ।

 

एकाबिहानै तिमीले मेरो मोवाइलमा पठाएको म्यासेज पाए । खुसीका साथै नीरस भएँ । ‘दिले, अब त दिन, महिना, वर्ष फेरिए साथै तिमी पनि है । तर, म भने उस्तै छु । उस्तै छ मेरो माया । उस्तै छ तिमी प्रतिको मेरो धारणा र सोचाइँ । तिमी बिर्से पनि म भने तिमीलाई कदापि बिर्सने छैन ।’

 

झुम्की तिम्रा यी शब्दले एकाएक मन शान्त तलाउमा ढुंगा हानेजस्तै गरी बिथोलिएको छ ।

 

तिमीले लेखेकी थियौं– ‘महान चाँड दशैतिहारमा तिमी आउने बाटो हेरी बसे । आउँछु भनेर अन्तिममा आएनौं । दिले हरेक पटक आउँछु भनेर अन्तिममा आएर मलाई धोका दिन्छौं । अब त तिम्रो आउने बाटो हेर्दाहेर्दै आँखाको रोशनी पनि कमजोर भइसक्यो ।’

 

के गर्नु झुम्की ? मलाई तिमीबाट अलग भएर बस्ने चाहाना हुँदै होइन । त्यो मेरो बाध्यता हो । आशा छ तिमीले मेरो बाध्यता बुझेर माफ गर्ने छौं । गरेकी पनि छौं ।

 

झुम्की, अब त माघी पर्व पनि आयो । तिमीले बिगतका वर्षजस्तै तरुल, सखरखन्ड, चाँकु तथा मास र चामल पिसेर बनाएको मसालादार रोटी खान निम्ता गरेकी रहेछौं ।

 

के गर्नु झुम्की, समय सधै आफ्नो बसमा हुँदो रहेनछ । उसलाई नियन्त्रणमा राख्न धेरै कोशिस गरे तर त्यो पापी निष्ठुरीलाई सह्रय भएनछ । तिमीले बडो मेहेनतका साथ बनाएका तरुल, सखरखन्ड, चाँकु तथा मास र चामल पिसेर बनाएको मसालादार रोटी सँगै बसेर खाएको उसलाई झोक चलेछ, क्यारे ।

 

मोवाइलमा तिम्रो निम्ता पाएपछि भित्रभित्रै सकस भएको छ ।

हो झुम्की, तिमीले म्यासेजको पुच्छारमा लेखेको– ‘माघीको अघिल्लो दिन जसरी पनि गाउँमा पुग्नु अनि बिहानै झिसमिसेमा सेती नदीको किनारामा रहेको तपोबनकुण्डमा सँगै डुबुल्की मारेर पापलाई दूर गरौला’ शब्दले म भावबिह्रल भएको छु ।

 

माफ गर्नु झुम्की, अझै मेरो आउने ठेगान छैन् । तिमीले बडो खुशीका साथ माघी मनाउनु । त्यसैमा मलाई रमाइलो र गर्व लाग्नेछ । बेलाबेला फोन तथा म्यासेज नि गर्दै गर्नु, सानो मन नबनाउनु ल ।

 

ओल्लोपल्लो घरका साइँला, काइँला, बासमती, ठाइँली, भीरु दाई लगायतलाई सम्झेको छ भनिदिनु । उनीहरुसँगै खुशीका साथ माघी पर्व मनाउनु ल । अर्को साल समयले साथ दियो भने आउने छु ।

 

अन्तमा माघी पर्वको लाखौंलाख शुभकामना सहित अहिलेलाई ओझेल परे ल ।

 

उही दिले
दीपक ओली
धनगढी, कैलाली ।

Loading...