गोदावरी पवित्र तिर्थधाममा बाहृराषि मकर मेला सुरु

अत्तरिया : सुदूरपश्चिमकोको प्रख्यात धार्मिक क्षेत्र कैलालीको गोदावरी धाममा बाह्र राषी दर्शन मकर मेलाको शुभारम्भ गरिएको छ । गोदावरी धाममा एक कार्यक्रम का बिच सुदूरपश्चिम प्रदेशका प्रमुख देबराज जोशीले उदघाटन गरे ।

कार्यक्रममा प्रदेशका नब नियुक्त मन्त्री सन्तोष शर्मा, प्रदेश सांसद प्रकाश बम , तुल्सी देबकोटा, गोदावरी नगरपालिकाका प्रमुख बिरेन्द्र भट्ट , उपप्रमुख शारदा देबी रोकाया , स्वामी देबराज आचार्य १००८ लगाएत को सहभागीता रहेको छ ।।

मकर मेला भोलि देखि १२ दिन सम्म चल्ने छ । मकर मेलाको सबै तयारी पूरा भएको मुल आयोजक समितिका संयोजक पदमराज जोशीले बताए । मकर मेलाको को लागि कुम्भ बाटिका, स्नान कुन्ड, बाटोघाटो निर्माण लगाएत का संरचनाहरु बनेका छन् ।

मकर मेलाको लागि नै गोदावरीमा स्थानीय बजार समेत लाग्न शुरु भएको छ । मकर मेलाको समयमा १२ दिन सम्म आ–आफ्नो राषिको ग्रह पुजा, ग्रह शान्ति र अन्य पुजा गर्न सकिने छ ।

Loading...