डडेल्धुराको आलिताल –८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको शव फेला,आमा पक्राउ


अत्तरिया : डडेल्धुराको आलिताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको शव फेला परेको छ । प्रहरीले शकांस्पद स्थल उत्खनन गरेर बालकको शव निकालेको हो ।


बोहरा १२ पुसदेखि घरपरिवारको सम्पर्कमा थिएनन् । उनको परिवारले समेत उनी हराएको प्रहरीलाई जानकारी दिएका थिएनन् । पुस २७ गते स्थानीयले प्रहरीलाई बालक सम्पर्कमा नरहेको बताएका थिए । स्थानीयले बालक १८ दिन देखि बेपत्ता भएको खबर गरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।



प्रहरीले केही स्थानीय सँग सोधपुछ गर्दा उनको हत्या भएको हुन सक्ने अनुमान गरेको थियो । प्रहरीले सोही अनुसार अनुसन्धान गरेर शंकास्पद स्थलको उत्खनन गर्दा बालकको शव फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक निरीक्षक गङ्गादत्त बडूले जानकारी दिए । बालकका बुबा रोजगारीका लागि घर बाहिर छन् । घट्नाबारे प्रहरीले बालककी आमा पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।





