अत्तरियाका युवा अभियान्तले अस्थाई गौसाला निर्माण गरी गोदावरी -२ लाई हस्तान्तरण

अत्तरिया: कैलालीको गोदावरी नगरपालीका वडा नम्बर २ मा निर्माण गरीएको अस्थाई गौशाला वडालाई हस्तान्तरण गरीएको छ । हरि भट्राईको पहल तथा एल आर ओझाको संयोजकत्वमा विभीन्न सामाजिक वयत्तिहरुको सहयोगमा उत्त गौशाला निर्माण गरीएको हो ।

 

उत्त गौशाला शनीबार एक कार्यक्रमकाबिच अभियन्ता हरि भट्राईले वडा नम्बर २ का वडा सदस्य डबल बहादुर साँउदलाई हस्तान्तरण गरेका हुन् ।

गौशाला निर्माणमा सामाजिक क्षेत्रका विभीन्न व्यत्तिहरुबाट संकलन भएको करिब ५० हजार रकम खर्च भएको र केहि रकम उठ्न बाँकी रहेको एल आर ओझाले बताएका छन् । सितलहर र चिसोले छाडा पशुचौपाया सडकमै मर्न थालेपछी उत्त अभियान सञ्चालन गरीएको थियो ।

उत्त गौशालामा अहिले एकसय बढी गाइ रहेका छन् । छाडा पशु चौपायाकै कारण किसानहरु समेत आजित बनेका छन् ।

Loading...