बैतडीमा नेपाल-इन्डो क्रिकेट: आयाेजक पञ्चकाेटी ए सेमिफाइनलमा
बैतडी: बैतडीमा जारी प्रथम खुल्ला नेपाल-इन्डो टी २० क्रिकेट प्रतियोगितामा आयाेजक पञ्चकोटी युवा क्लब ए सेमिफाइनलमा प्रवेश गरेकाे छ ।
आज सम्पन्न खेलमा बाराकाेट क्रिकेट क्लबलाई ३५ रनले पराजित गर्दै पञ्चकाेटी सेमिफाइनल पुगेकाे हाे ।
पञ्चकाेटीले दिएकाे ११६ रनकाे विजय लक्ष्य पन्छाएकाे बाराकाेट १३.३ ओभरमा ८० रनमा समेटियो । जसमा नरेन्द्र पन्तले १९ रन बनाउनुबाहेक अन्यले दाेहाेराे अंकमा रन जाेड्न सकेनन्।


पञ्चकाेटी ए का राम चन्दले ४ विकेट लिए । उनी खेलका म्यान अफ द म्याच पनि चुनिए ।
त्यसअघि बुड्डाबाजे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेकाे पञ्चकाेटीले निर्धािरत १५ ओभरमा ८ विकेटको क्षतिमा ११५ रन बनायाे । उसका लागि अन्सु बुडालले सर्वाधिक ३४ रन बनाए । बाराकाेटका लाेकेन्द्र विष्टले ३ विकेट हात पारे ।
आजै सम्पन्न अन्य खेलमा पञ्चकाेटी बी र एनसिसि विजयी भएका छन् ।




पञ्चकाेटी युवा क्लबकाे आयाेजनामा पुस २७ गतेदेखि शुरू भएकाे प्रतियोगितामा नेपाल र भारतका गरि १५ टाेलीकाे सहभागिता रहेकाे छ ।
माघ ५ गते सम्पन्न हुने प्रतियोगिताकाे उपाधि विजेता टोलीले नगद ४० हजार उपविजेता टोलीलाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक पञ्चकोटी युवा क्लबका अध्यक्ष उत्तम चन्दले जानकारी दिनुभयो ।


यस्तै म्यान अफ द सिरिजलाई नगद ३ हजार,बेस्ट ब्याट्सम्यानलाई नगद एक हजार पाँच सय,बेस्ट बलरलाई नगद एक हजार पाँच,बेस्ट किपरलाई १ हजार १११ र बेस्ट फिल्डरलाई ७ सय ७७ रुपैंया नगद पुरस्कार दिइनेछ ।
सीमावर्ती क्षेत्रका बासिन्दाहरुबीच खेलमार्फत सद्भाव कायम गर्न र क्रिकेट विकास,खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको आयोजना गरिएको जनाएको छ ।

