अपि सैपाल बचत तथा ऋण सहकारी संस्थाको १३औ वार्षिक साधारण सभा सम्पन्न

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा रहेको अपि सैपाल बचत तथा ऋण सहकारी संस्थाको १३औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बिच संस्थाको साधारण सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष बसन्त रोकाया (ललीत) को सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए ।


कार्यक्रममा बोल्दै उनले सहकारीले शेयरसदस्यहरुको आर्थिक स्तरोन्नतीका लागी महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । उनले एकले अर्कालाई सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ नै संस्थाको स्थापना भएको देखिएको र सोही अनुसारको कार्य सहकारीले गर्दै आएको बताए ।

संस्थाको वर्तमान अवस्था हेर्दा संस्थाले छोटो समयमा नै राम्रो प्रगती गरेको बताउदै उनले संस्थाले आम सदस्यहरुलाई पनि सहज रुपमा सेवा उपलब्ध गरेको देखिएको बताए । उनले सहकारीसँग जोडिएका रहेक कार्यमा नगरले समन्वय गर्ने बताए । साथै उनले नगर सदैव सहकारी संस्थाको साथमा रहने समेत बताए । कार्यक्रममा संस्थाले विभिन्न क्षेत्रमा उत्कृष्ट शेयरसदस्यहरुलाई सम्मानित गरेको थियो ।

Loading...