प्रदेश प्रमुख द्घारा निबर्तमान राज्यमन्त्री रैका सम्मानित

अत्तरिया: सुदूरपश्चिम प्रदेशका निबर्तमान सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका सम्मानित हुनुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना पश्चात् गठित सुदूरपश्चिम प्रदेश सरकारको प्रथम कार्यकालमा राज्यमन्त्रीको हैसियतले प्रदेशको राजनीतिक,अार्थिक तथा सामाजिक समुन्नति बिकासका साथै बिशेषत: गोदाबरीधामको बिकास मार्फत यस क्षेत्रको कला संस्कृति,धार्मिक पर्यटकिय क्षेत्रको बिकास तथा बिस्तारमा महत्त्वपूर्ण योगदान पर्याए बाफत सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले दोसल्ला र प्रमाणपत्र सहित सम्मान गर्नुभएको हो ।

 

गोदाबरीधाम बिकास समिति द्घारा शनिबार अायोजित गोदाबरी बाह्रराशी दर्शन मकर मेला समुद्घघाटन विशेष समारोहमा निबर्तमान राज्यमन्त्री रैका लाई प्रदेश प्रमुख जोशीलाई सम्मानित गर्नुभएको हो ।

 

निबर्तमान राज्यमन्त्री रैका को विशेष पहलमा गोदाबरीधामको बिकास र कला संस्कृति अध्ययन लेखनमा प्रदेश सरकारले रु ३९ लाख बजेट बिनियोजन गरेको गोदाबरीधाम बिकास समितिका अध्यक्ष पदमराज जोशी (प्रभात)ले उक्त अवसरमा जानकारी गराउनुभयो ।

Loading...