बझाङको छबिसपाथीभेरा गाउँपालिकामा सञ्चालन भएको ३ दिने निःशुल्क आँखा उपचार

८ सय बढिले सेवा लिए

 

बझाङ:  छबिसपाथीभेरा गाउपालिकामा सञ्चालन भएको निःशुुल्क आँखा उपचार (मोतिबिन्दु सम्बन्धि ) शिविर सम्पन्न भएको छ । गाउपालिका स्तरीय निःशुुल्क आँखा उपचार (मोतिबिन्दु सम्बन्धि ) शिविर छविसपाथिभेरा गाउपालिकाको आयोजना र नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल कैलालीको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो । यहि पौष २८ गते देखी सञ्चालन भएको शिबीरमा ८ सय २१ जनाले सेवा लिएका छन् भने ६० जनाको अपे्रशन गर्नुपर्ने समस्या देखीएको छबिसपाथिभेरा गाउपालिका अध्यक्ष बसन्त बहादुर चलाउनेले बताउनुभयो ।

यहि पौष २८ गते पहिलो दिन छबिसपाथिभेरा गाउपालिकाको ६ र ७ को लेकगाउ स्वास्थ्य चौकिमा सञ्चालन भएको शिबीरमा ३ सय २५ जनाले सेवा लिएका थिए भने २२ जनाको अपे्रशन गर्नुपर्ने समस्या देखीएको थियो ।

यस्तै पौष २९ गते कोट चौघानपाटा स्वास्थ्य चौकिमा सञ्चालन भएको आखा शिबीरमा ३ सय १८ जनाले सेवा लिएकोमा २५ जनाको अपे्रशन गर्नुपर्ने देखीएको छ ।पौष ३० गते शनिवार वडा नम्बर १ का जनताका लागि मटेला स्वास्थ्य चौकी बगडगाउँमा सञ्चालन भएको शिबीरमा १ सय ७८ जनाले सेवा लिएका छन् जसमा १३ जनको अपे्रशन गर्नुपर्ने समस्या देखीएको छ ।

पालिकाका विभिन्न टोकका नागरीकहरुको आँखाको मोतिबिन्दु सम्बन्धि समस्या भएको हुनसक्ने र आयस्तर कमजोर भएका कारण उपचार गराउन नसकेका जनतालाई राहत प्रदान गर्नका लागि शिविर सञ्चालन गरिएको छबिसपाथीभेरा गाउपालिका अध्यक्ष बसन्त चलाउनेले बताउनुभयो । शिबीरमा अपे्रशन गर्नुपर्ने समस्या देखीएका ६० जनाको एक महिना भित्र निशुल्क सल्यक्रिया गरीने समेत उहाले बताउनुभयो । आखा सम्बन्धि समस्या भएपनि आर्थिक अबस्था कमजोर भएर बाहिर जान नसकेका स्थानीयहरु गाउमा नै निशुल्क शिबीर सञ्चालन भएपछि खुसी भएका छन् ।

Loading...