धनगढी जेसीज र लायन्स क्लब अफ अत्तरिया सिटीद्वारा कैलालीको गोदावरीका विपन्न समुदायका जेष्ठ नागरिकलाई बाङ्केट वितरण

अत्तरिया: कैलालीको गोदावरी नगरपालीकाका विपन्न समुदायका जेष्ठ नागरिकलाई कम्बल वितरण गरीएको छ । धनगढी जेसीज र लायन्स क्लब अफ अत्तरिया सिटीले संयुत्त रुपमा कम्बल वितरण गोदावरीका २ सय जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरेका हुन् ।

माघे संक्रान्ति तथा सञ्जय साई बाबाको जन्मोत्सवको अवसर पारेर शनीबार अत्तरियाको दुर्गालक्ष्मी नमुना माविको परिसरमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै कम्बल वितरण गरीएको हो ।गोदावरी नगरपालिकाका १२ वटै वडामा बसोबास विपन्न समुदायका २ सय जना जेष्ठ नागरिकलाई न्यानो कम्बर वितरण गरीएको हो ।


कम्बल वितरण कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिमका प्रदेश सभा सदस्य प्रकाश बम रहेका थिए । कार्यक्रममा बोल्दै बमले सरकारले गर्ने काम सँस्थाले गरेको भन्दै प्रशंशा गरे । कार्यक्रमका संयोजक एवम् धनगढी जेसीजका पुर्व अध्यक्ष करुणाकर पाण्डेयले सँस्थाको सामाजिक उत्तरदाईत्व अन्र्तगत विपन्न जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको बताए ।

Loading...