अत्तरियामा जारी महोत्सवमा माघ १ गते गायिका इन्दिरा जोशी ,रबिना अधिकारी, गायक चेतन बोहरा आउँदै
अत्तरिया: अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा गोदावरी नगरपालिका २ स्थित लामीताल परिसरमा जारी सातौँ संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भोलि अर्थात माघ १ गते चर्चित गायिका इन्दिरा जोशी ,रबिना अधिकारी, गायक चेतन बोहरा सँगै उद्घोषिका सितल शर्माले गर्दै आएकी छिन ।


महोत्सवमा भोलि उनीहरुको बेजोड प्रस्तुती सहित स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने अत्तरिया उद्योग वाणिज्य संघका महासचिव यज्ञराज जोशीले जानकारी दिए ।




महोत्सवको बुधबार सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका थिए ।महोत्सवको विशेष आकर्षणका रुपमा लामीतालमा डुङ्गाको व्यवस्था पनि गरिएको छ । महोत्सवमा विद्यार्थीहरुको लागि ५० र सर्वसाधारणका लागि ८० रुपैयाँ टिकट कायम गरिएको आयोजकले जनाएको छ । फरक क्षमता भएका व्यक्तिहरु,जेष्ठ नागरिक तथा एकल महिलाका लागि भने महोत्सव प्रवेश निःशुल्क गरिएको छ । महोत्सव माघ ९ गतेसम्म सञ्चालन हुनेछ।


महोत्सवमा १५० वटा स्टल रहेका छन । बाल उद्यान, रमाइलो मेला, थारु खानाका परिकारहरु महोत्सवमा रहेका छन् । प्रदेशको कृषि, उद्योग, पर्यटन, कला संस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०७२ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ।


