निबर्तमान राज्यमन्त्री रैका द्घारा जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण एवम् सम्मान

धनगढी: सुदूरपश्चिम प्रदेशका निबर्तमान सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैका ले अार्थिक अवस्था अत्यन्तै कमजोर भएका १०३ जना जेष्ठ नागरिक लाई न्यानो कपडा बितरण गर्नुभएको छ ।

No description available.

अत्यधिक चिसो बढेर धनगढी उपमहानगर पालिका वडा नं २ का अार्थिक अवस्था अत्यन्तै कमजोर बिपन्न जेष्ठ नागरिकहरु अत्यन्तै समस्यामा परे पछि शक्ति युवा क्लब,रामजानकी युवा क्लब र तिल्केताल सामुदायिक बन समितिको सहकार्यमा धनगढी उपमहानगरपालिका वडा नं २ वडा कार्यालयले उक्त न्यानो कपडा बितरण गरेको हो ।

No description available.

न्यानो कपडा पाउनेहरु दलित, जनजाती,एकल महिला,अपांगता भएका ब्यक्ति र अन्य समुदायका बिपन्न जेष्ठ नागरिकहरु छन । कार्यक्रममा निबर्तमान राज्यमन्त्री टेक बहादुर रैका,शक्ति युवा क्लबका अध्यक्ष श्याम बिष्ट, वडा नं २ का अध्यक्ष धर्मराज अोझा लगायतकाले मन्तब्य राख्नुभएको थियोे ।

Loading...