ज्योतिषिका अनुसार यो साता तपाईका लागि कस्तो छ ? शुभ-अशुभ, मायाप्रेम, ग्रहगोचर ? पढ्नुहोस २०७९ साल पौष ३० देखि माघ ६ गते सम्मको साप्ताहिक राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )


यो सातामा राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सेवा र सहयोग गरि लगानी गर्ने समय आएको छ । कुनै कुराले मन प्रसन्न रहनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । प्रेमी / प्रेमिकाका बिच खिन्नता बढ्नेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।




वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )


सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । कृषिकर्म र व्यावसायिक काममा पनि प्रशस्त फाइदा हुनेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो वा कालो हो । कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि माता बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

यो साताको सुरुका दिनमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने र प्रेममा मनमुटाव आउला । सामान हराउने वा चोरी हुने भय छ । साताको अन्त्यमा रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने र रमाउने समय पनि छ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता छोटो दुरीको लाभदायक यात्रा हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । मध्य सातामा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग गुलाबी वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्नेछ । आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग सिन्दुरे वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग नीलो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता गरेको काममा ढिलासुस्ती हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । बुधवारबाट बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्यहरू सम्पादन हुन सक्छ । समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शेयर बजारको लगानीले पछि राम्रो हुनसक्छ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग कालो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको पूजा गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता शुभकार्यको चर्चा चल्नेछ । रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । मित्रजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । धार्मिक यात्राको योग पनि रहेको छ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यको दर्शन गरि यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता चिताएको कामले तीव्रता लिनेछ । आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पारिवारिक साथ, प्रेम, सद्भाव र स्नेह बढ्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । साताको अन्त्यमा घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरि यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता रमाइलो यात्राको योग रहेको छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । प्रेम जीवन सुखद् नै रहनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वाहन लाभ पनि हुनेछ । मध्य सातामा विचार पुर्याएर निर्णय लिनु राम्रो होला । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग आकाशे पर्पल वा गुलाबी हो । कुनै शुभकर्म गर्नु अघि शिवजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता यात्रामा झन्झट आइलाग्नेछ । बोल्दा निकै विचार पुर्याउनुहोला । साथीसँग रमाइलो भेटघाट हुनेछ तर झगडा पनि हुन सक्छ, सतर्क हुनुहोला । साताको मध्यबाट लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग रातो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । शुभ समाचार सुन्न पाइनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । तीर्थाटनको योग पनि छ । यो साताका लागि शुभ अङ्क १, र शुभ रङ्ग गुलाबी वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको यो साता शुभ रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल
977-9849559502
(अधिक जानकारीका लागि ) हाम्रो पात्रो बाट साभार

