बझाङको जयपृथ्बी नगरपालिका ८ र १० लाइ जोड्रने थपालिको झोलुङगे पुल जिर्ण अबस्थामा
मर्मतमा स्थानीय सरकारको ध्यान गएन
बझाङ: जयपृथ्बी नगरपालिका ८ र १० लाइ जोड्रने थपालिको झोलुङगे पुल जिर्ण बनेको छ । २०७८ साल असोज अन्तिममा बाहुलि गाडमा आएको बाढिले पुलमा क्षती गरेको थियो । बाहुलि गाडमा आएको बाढिले सेलाखेत तिरको लठ्ठा भत्काए पछि अहिले स्थानीयहरु उक्त पुलमा जोखीम मोलेर आवत जावत गर्न बाध्य भएका छन् ।


उक्त पुलको बाटो भएर सेलाखेल ,खेइरा लगाएत सुर्मा गाउपालिका जानेहरुले समेत बाटो छोटो हुने भन्दै दैनिक जोखीम मोलेर उक्त पुलबाट आवतजावत गरीरहेका छन् । पुल बाट आवतजावत गर्न जोखीमपुणर् भएपनि पुल मर्मतमा स्थानीय सरकारको ध्यान नगएको स्थानीय गणेश धामीले बताउनुभयो ।




हाल स्थानियले अस्थायी रुपमा काठ राखेर काम चलाई ओहोर दाहोर गरीरहेका छन् । पुर्व तथा वर्तमान नगर प्रमुख, उप प्रमुख र वडा अध्यक्ष्यहरुले पटक पटक आफै गएर अनुगमन गरेको भएपनि हाल सम्म उक्त पुल मर्मत हुन नसकेको स्थानीयले बताएका छन् । स्थानियहरु पा्रय जसो यो बाटो भएर नै दाउरा घाँसका भारि सहित जोखिम मोलेर आवत जावत गर्ने गरेका छन् ।


यता जयपृथबी नगरपालिका नगरप्रमुख चेतराज बजालले भने आफुले पुलको अनुगमन पश्चात प्रदेशमा जानकारी गराएको बताउनुभयो । उक्त पुल जिर्ण भएकाले आवत जावत गर्न जोखीम रहेको भन्दै यसको मर्मतको लागी आफुले सक्दो प्रयास गरीरहेको बताउनुभएको छ ।


