बैङ्कहरु आपसमा मर्जर भएसँगै सेयर सदस्यलाई भेडाबाख्राको व्यवहार


काठमाडौं: यसपटक ठूला बैंक भनिएका नबिल बैंक र हिमालयन बैंकको साधारणसभामा विगतको भन्दा फरक दृश्य देखियो ।


नबिल बैंकको साधारणसभास्थल नक्सालको सिल्भर ब्याङ्केट र हिमालयन बैंकको सोल्टी होटलको गेटमा लगानीकर्ताको नाराबाजी र आयोजकद्वारा गेटमा ताला लगाइएको देखियो ।



विगतका साधारणसभाको बन्द सत्रमा सेयर सदस्यहरूले सञ्चालक र व्यवस्थापनसँग कम्पनीका वित्तीय सूचक र नीतिका विषयमा प्रश्न उठाउँथे ।


यसपटक सेयर सदस्यले सभामा प्रवेश पाउनुपर्ने भन्दै गेटमा नाराबाजी गरे । ठूला बैंकले सानो छाती बनाउँदा लगानीकर्ता आफ्नै कम्पनीविरुद्ध विरोधमा उत्रिएका हुन् ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।


