कैलालीको गोदावरी धाममा माघे सङ्क्रान्तिको अवसरमा स्नान र पूजा गर्नेको भिड (फोटो फिचर)

अत्तरिया: सुदूरपश्चिमको मुख्य तिर्थ स्थल गोदावरी धाममा मकर (माघे)सक्रान्तीमा स्नान गर्नेको रातीबाटै भिड लागेको छ । कैलालीको गोदावरी नगरपालका ४ मा पर्ने उत्त धाममा श्रद्धालु भत्तजनहरु गएराती देखी नै हजारौँको संख्यामा स्नान गर्न पुगेका छन् ।

स्नान गर्नकोलागी कुण्ड स्थापना गरीएको छ । धाममा आजैबाट बाह्रराषी दर्शन मकरमेला पनी सुरु भएको छ ।

मकर सङ्क्रान्तिका दिन गोदावरी नदीमा स्नान गरेमा सम्पूर्ण पापबाट मुक्त भई पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । सप्त गोदावरीमध्येको प्राचीन गोदावरीका रुपमा रहेको यो धाममा रहेको गोदावरी नदीमा भगवान् श्रीकृष्णले स्नान गरेको जनविश्वास छ ।


मेला भर्न सुदूरपश्चिमका जिल्ला लगायत भारतबाट संख्यामा भक्तजन गोदावरी धाममा पुगेका छन् । मकर सङ्क्रान्तिको अवसरमा गोदावरीमा बाह्र राशि दर्शन मकर मेलाको पनि आयोजना गरिएको छ । माघ १२ गतेसम्म लाग्ने छ ।

 

भत्तजनहरुको सुविधाकालागी गोदावरी नगरपालीकाले आज एकदिनकालागी निःशुल्क बसको व्यवस्था गरेको छ । साथै मेला अवधीकोलागी हेल्थ डेस्कको स्थापना गरीएको छ । धाममा सुरक्षाकर्मी पनी खटीएका छन् ।

Loading...