माया मेट्रो अस्पतालमा छाला,यौनरोग, कुष्ठरोग, कपाल र सौन्दर्य बिशेषज्ञद्धारा निःशुल्क चेकजाँच गरिने
अत्तरिया: कैलालीको धनगढीमा रहेको माया मेट्रो अस्पतालमा माघ २ गते देखि बरिष्ट छाला, यौनरोग, कुष्ठरोग, कपाल र सौन्दर्यको चेकजाँच गरिने भएको छ ।


अस्पतालले माघ २ गते देखि १५ गते सम्म बिहान ९ देखि साझ ५ बजे सम्म वरिष्ठ बरिष्ट छाला, यौनरोग, कुष्ठरोग, कपाल र सौन्दर्य विशेषज्ञको सहभागितामा चेकजाँच गर्न लागिएको हो ।




बरिष्ट छाला, यौनरोग, कुष्ठरोग, कपाल र सौन्दर्य बिशेषज्ञद्वारा छाला रोग सम्बन्धि समस्या भएजा बिरामीहरुको स्वास्थलाई मध्यनजत गर्दै नि:शुल्क चेक जाँच सेवाको आयोजना गरेको छ । अस्पतालमा यो सेवा अब देखि फुल टाईम ( पुर्णकालिन) रुपमा संचालनमा आएको समेत जानकारी गरिन्छ ।


शिविरमा बरिष्ट छाला तथा यौनरोग विशेषज्ञ द्धारा डा. प्रियंका मौनाली (MBBS, MD (KU) ) द्धारा निःशुल्क चेकजाँच गरिने छ । सो अवसरमा ल्याव परीक्षणमा पनि १५ देखि २० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको अस्पतालकी प्रशासन अधिकृत मनिता तामाङले बताइन् ।
अस्पतालले हाल २४ घण्टे आकस्मिक तथा ट्रमा सेवा, २४ घण्टे फार्मेसी सेवा, एनेस्थेसिया तथा क्रिटिकल उपचार सेवा, नवजात तथा बालरोग सेवा, दुरबिन प्रबिधिबाट तथा विना दुरबिन सल्यचिकित्सकिय सेवा, स्त्री प्रसुति तथा बाझोपन सेवा,MD Internal Medicine बाट Physician सेवा, हाड जोर्नी तथानशा रोग सेवा, यौन, छाला, सौन्दर्य तथा कपाल प्रत्यारोपण सेवा, नाक ,कान ,घाटी तथा हेड एण्ड नेक सर्जरी सेवा, दन्त चिकित्सकिय सेवा, Cancer Screening, FNAC तथा Biopsy सहितको Pathology सेवा, क्यान्सर सेवा तथा परामर्श दिदै आएको छ ।


