कैलालीको गोदावरी धाममा हिन्दु धर्म विरुद्ध लेखीएका कितावहरु फेला
अत्तरिया: सुदूरपश्चिमको प्रमुख धार्मीक तथा पर्यटकीय स्थल गोदावरी धाममा हिन्दु धर्म विरुद्ध लेखीएका किताव फेला परेका छन् । आज मकर मेलामा किताब बिक्री गर्न आएको समुहसंग उत्त किताबहरु फेला परेका हुन् ।


किताब बाहिरको गातामा हिन्दु धर्म चिनाउने चित्रहरु तर भित्र भने क्रिस्चियन,बाइबल लगायतका धर्मको प्रचार गर्दै हिन्दु धर्मको विरुद्ध लेखीएको पाईएको विश्व हिन्दु युवा संघ गोदावरीका पुर्व अध्यक्ष एल आर ओझाले बताएका छन् । किताब बेच्ने समुहसंग आफुहरुको भनाभन भएको यत्तिकैमा किताब छोडेर उनीहरु फरार भएको उनले बताएका छन् ।




उत्त समुहले ति किताबहरु १५ रुपैँयामै बिक्री गरीरहेका थिए । समुहबाट ठुलो संख्यामा किताब जफत गरीएको तर व्यत्तिहरु फरार भईसकेको र आफुहरु अन्य निकाय संगको छलफलमा रहेको उनले बताएका छन् ।




