‘प्याब्सन फेस्टिबल’ २ दिन पछाडी सर्यो, अब माघ ४ देखि कैलालीको अत्तरियामा सुरु हुदै

अत्तरिया: कैलालीको अत्तरियामा माघ २ गतेदेखी  हुने भनीएको ‘प्याब्सन फेस्टिबल’ २ दिन पछाडी सरेको छ । आइतबार पोखरामा भएको विमान दुर्घटनाका कारण प्याब्सनले आफ्ना कार्यक्रमहरु माघ ४ गतेबाट सञ्चालन गर्ने एक विज्ञप्ती मार्फत जानकारी दिएको हो ।

 

प्याब्सन गोदावरी नगर कमिटीले आइतबार पोखरामा भएको विमान दुर्घनाप्रति दुख व्यत्त गरेको छ । विज्ञप्ती जारी गर्दै प्याब्सनले दुर्घटनाको खबरले स्तब्ध भएको उल्लेख गरेको छ ।

विज्ञप्तीमा भनीएको छ“दुर्घटनामा ज्यान गुमाउने प्रति प्याब्सन गोदावरी हार्दीक श्रद्धान्जली व्यत्त गर्दै मृतकका परिवारमा हार्दीक समवेदना प्रकट गर्दछ । साथै माघ २ गतेदेखी सञ्चालन हुने “प्याब्सन फेस्टिबल”का सम्पुर्ण कार्यक्रमहरु स्थगीत भई माघ ४ गतेदेखी सञ्चालन हुने जानकारी गराईन्छ । ”

Loading...