अत्तरियामा जारी महोत्सवमा आज गायक पुस्कल शर्मा, डेउडा गायक ध्वज महरा र गायक राज कुस्मी आउदै


अत्तरिया : कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज लोकदोहोरी गायक पुस्कल शर्मा, डेउडा गायक ध्वज महरा र गायक राज कुस्मीको प्रस्तुती रहने भएको छ ।


अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा यहि पौष २७ गतेबाट शुरु भएको महोत्सवको आज छैटौ दिन पनि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने संघका महासचिव यज्ञराज जोशीले जानकारी दिए । उनले राष्ट्रिय तथा स्थानिय कलाकारहरु लगायतको प्रस्तुतीसंगै स्थानिय डान्स क्लब र बिद्यालयको नृत्य रहेको बताए ।



महोत्सवमा कोष खडकाले उद्घोषण गर्ने छन् । महोत्सवमा शुक्रबार गायक प्रमोद खरेल र सौगात ओझाले प्रस्तुती राखेका थिए । महोत्सवमा १५० वटा स्टल रहेका छन । बाल उद्यान, रमाइलो मेला, थारु खानाका परिकारहरु महोत्सवमा रहेका छन् । महोत्सवको विशेष आकर्षणका रुपमा लामीतालमा डुङ्गाको व्यवस्था पनि गरिएको छ ।


महोत्सवमा सर्बसाधारणहरुलाई ८० र बिद्यार्थीहरुलाई ५० रुपैया टिकट दर रहने छ भने अपांग, एकल महिला, जेष्ठ नागरिक लगायतका व्यक्तिहरुको परिचयपत्रका आधारमा निःशुल्क प्रबेशको व्यबस्था समेत गरेको बताईएको छ । यहि पौष २७ गतेबाट शुरु भएको महोत्सव माघ ९ गतेसम्म सञ्चालन हुनेछ ।



