जहाज दुर्घटनापछि शिशिर भण्डारीले रुदै, जँगिदै यस्तो भने । पुरा, थोत्रा प्लेनहरु जलाउ, टिकटक बन्द गर (भिडियो हेर्नुस)

पोखरामा आइतबार भएको विमान दुर्घटनामा हालसम्म ६८ जनाको शव भेटिएको छ भने ४ जनाको अवस्था अज्ञात छ । उनीहरुबारे खोजी कार्य तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोंचमा दुर्घटनामा परेको थियो । उक्त विमानमा चालकदलका ४ जनासहित ७२ जना सवार थिए । उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल खटिएको छ । उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार आइतबार साँझ ६३ र सोमबार बिहान ५ वटा शव बाहिर निकालिएको थियो ।

यसैबिच कलाकार तथा सँचारकर्मी शिशिर भण्डारीले घटनाप्रति दुख व्यक्त गर्दै पुराना र थोत्रा प्लेनहरु पैसाको लागि उडाएर कहिलेसम्म नेपालीहरुको ज्यान जोखिममा पार्ने भन्दै सरकारलाई प्रश्न गरेका छन् । शिशिरले घटना स्थलमा देखिएको अमानवियताप्रति पनि दुख व्यक्त गर्दै टिकटक बन्द गर्न भने । भडियो हेर्नुस

Loading...