नगर शिक्षकका माग सम्बोधन होस भनि दबाव स्वरुप गोदावरी नगर शिक्षकको भेला सम्पन्न

अत्तरिया: कैलालीको अत्तरियामा रहेको प्रतिभा पुस्तकालयमा नगरपालिकाले पारीश्रमिक नपाएको भन्दै संघर्षका कार्यक्रम अगाडी बढाउन नगर शिक्षकहरुको भेला सम्पन्न भएको छ ।

गोदावरी नगरपालिका क्षेत्र भित्र रहेका सबै शिक्षकहरुको जमात सहित नगर शिक्षक समितिका अध्यक्ष तपराज ओझाको अध्यक्षतामा बसेको भेलाले नगर शिक्षाका समस्या सामाधान गर्ने बिषयमा छलफल भएको कुरा नगर शिक्षक समितिका अध्यक्ष ओझाले जानकारी दिनुभयो ।


गर शिक्षक समितिको भेला बाट नगर पालिकामा छरिएर रहेका शिक्षकको नियुक्तिपत्र यथासिघ्र दिइनुपर्ने, सरकारी शिक्षक सरह नगर शिक्षकको सेवा सुबिधा दिनु पर्ने, शिक्षकलाइ पोशाक भत्ता दिइनुपर्ने, बिभेदमुक्त शैक्षिक प्रणालीमा सुधार सँगै समग्र शिक्ष प्रणालीको विकास र संबृद्धीला लागि संघर्ष गरी रहने कुरा समेत शिक्षक भेलाले जानकारी दिएको छ ।

उक्त कार्यक्रममा गोदावरी नगर अन्तरगत रहेका शिक्षक महासंघ , शिक्षक संघ, शिक्षक संगठन , बिद्यालय कर्मचारी , वालविकास, अध्यक्ष लगायत सवैजना उपस्थितीमा नगर शिक्षकको संघर्ष एव् आन्दोलनमा सबैजनाले ऐक्यबद्धता जनाउने र सम्पुर्ण आन्दोलन मा सहभागी हुने प्रतिबद्ध रहेको नगर अध्यक्ष तपराज ओझाले बताउनु भयो ।

Loading...