विमान दुर्घटनामा मृत्यु हुनेको सम्झनामा कैलालीको अत्तरियामा दीप प्रज्वलन
अत्तरिया: आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा सोमबार कैलालीको अत्तरिया चोकमा दीप प्रज्वलन गरिएको छ । ७२ जनाको आत्माको चिर शान्ति कामनामा गर्दै दिप प्रज्वलन गरिएको छ ।


आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ७२ जनाको मृत्यु भएको छ । ७२ जना मध्य ३ जनाको शव अझै प्राप्त भएको छैन । अत्तरियामा रहेको प्लानेट भिटीको संयोजनमा गरीएको कार्यक्रमा युवाहरुको जमातद्वारा सँगै राष्ट्रिय स्वतन्त्र पार्टी, कैलाली जिल्ला सभापति सृष्टि महरा सहित बिभिन्न पार्ट्री गत एव् युवाहरुको जमातद्वारा दीप प्रज्वलन शभामा मृतकको चिर शान्तिको कामना गर्दै समापन गरीएको थियो ।






