सभामुखका लागि कांग्रेस-एमाले भिड्दै, बिहिबार चयन हुने

काठमाडौं: प्रतिनिधि सभा सभामुखका लागि सत्तारूढ दल नेकपा एमाले र प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको संसदकै ठूलो दल नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने अवस्था बन्दै गएको छ ।

सभामुख चयनका लागि बिहीबार मतदान गर्नेगरी संघीय संसद सचिवालयले आज मंगलबार निर्वाचन कार्यक्रम प्रकाशित गर्दै छ ।

सचिवालयले सभामुख चयन प्रक्रियाका लागि तीन दिने कार्यक्रमसहित निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको हो । सभामुख चयन प्रक्रियामा प्रतिनिधि सभा सदस्यले मतदान गर्नेछन् ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आज निर्वाचन कार्यक्रम प्रकाशित हुनेछ । भोलि बुधबार सभामुखका लागि उम्मेदवार मनोनयन दर्ता हुने छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Loading...