सिगासको गाँजरी स्वास्थ्य चौकीमा माघ ४ गते वन्ध्याकरण शिविर लाग्ने

बैतडी: जिल्ला स्वास्थ्य कार्यालय बैतडीको आयोजना सिगासको गाँजरी स्वास्थ्य चौकीमा माघ ४ गते वन्ध्याकरण शिविर सञ्चालन हुने भएको छ ।
गाँजरी स्वास्थ्य चौकीमा निःशुल्क वध्याकरण हुने भएकाले माघ ३ गते भित्र नाम दर्ता गराईसक्न सूचना जारी गरिएको छ।

शिविरमा सन्तानको रहर पुगिसकेका महिलाका लागि मिनिल्याब र पूरुषका लागि भ्यासोक्टोमी र लामो सकयका लागि इमप्लान्ट आइयुसिडी राखिने गाँजरी स्वास्थ्य चौकीका प्रमुख जनकसिंह धामीले बताउनुभयो ।
उहाँले सन्तानको रहर पूरा गरिसकेका गाउँपालिका भरिका महिला र पूरुषले निःशुल्क सञ्चालन हुने शिविरबाट सेवा लिन आग्रह गर्नुभयो।

उहाँले दुर्गम ठाउँको पालिकामा यस्ता शिविर सधैं नआउने भएकाले सर्वसाधारणले गाउँ घरमै सेवा लिन सक्ने यो राम्रो अवसर मौका हो भन्नुभयो ।

स्वास्थ्य कार्यालय बैतडीका अनुसार माघ ३ गते दोगडाकेदार गाउँपालिकाको न्वाली स्वास्थ्य चौकी,४ गते सिगास गाउँपालिकाको गाँजरी स्वास्थ्य चौकी र ५ गते पुरचौडी नगरपालिकाको कुवाकोट स्वास्थ्य चौकीमा वध्याकरण शिविर सञ्चालन हुने छ ।

Loading...