विश्वविजेता मेसी र पोर्चुगिच स्ट्रार क्रिस्टियानो रोनाल्डो आपसमा धेरै समय पछि आपसमा भिड्दै

काठमाडौं: विश्वविजेता मेसी र पोर्चुगिच स्ट्रार क्रिस्टियानो रोनाल्डो बिहिबार आम्ने सामने हुने भएका छन् । रोनाल्डोले रियाद ११ लाई नेतृत्व गर्दै चिर प्रतिद्वन्द्वी लियोनल मेसी सम्मिलित पिएसजीसँग मैत्रीपूर्ण खेल खेलिने तय भएको हो । यो खेल रियादस्थित किङ्ग फाहद स्टेडियममा नेपाली समयअनुसार राति ११ बजे सुरू हुनेछ।

 

अरेबियन प्रो लिग क्लब अल नासरमा आबद्ध भएयता रोनाल्डोको यो पहिलो खेल हो । उनको टोलीमा साउदी अरेबियन प्रो लिग क्लब अल नासर र अल हिलालका खेलाडीहरुको बाहुल्यता रहनेछ। आगामी फेब्रुअरीमा ३८ वर्ष पुग्न लागेका रोनाल्डो गत जनवरीको सुरूआततिर साउदीअरब आइपुगेका हुन्।

 

उनलाई अरेबियन क्लब अल नासरले २०२५ सम्मका लागि वार्षिक २०० मिलियन युरोमा भित्र्याएको हो। रोनाल्डो र मेसीले विगत १५ वर्षदेखि विश्व फुटबलमा आफ्नो प्रभुत्व जमाउँदै आएका छन्।

Loading...