सुदूरपश्चिमको उपसभामुखमा चौधरी निर्वाचित

धनगढी : सुदूरपश्चिम प्रदेशको उपसभामुखमा एमालेकी कोइली देवी चौधरी निर्वाचित भएकी छन् ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा उनले २८ मत पाएकी थिइन् । ५३ जना मध्ये एक सभामुख बाहेक अन्य सबैले मत दिएका थिए ।
चौधरीले एमालेको १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाको १ मत पाइन् । उपसभामुखको अर्को उम्मेदवार नेकपा एकीकृत समाजवादी माया पन्तले २३ मत पाएकी थिइन् ।
आज बिहान माओवादी केन्द्रका भीम भण्डारी पनि सभामुखमा निर्वाचित भएका थिए

Loading...