भारतीय अबैध नन ओभन ब्याग छ्याप्छ्याप्ती


धनगढी ः धनगढी उपमहानगरपालिकाले नगरभित्र प्लास्टिकजन्य झोलामा प्रतिबन्ध लगायपछी भारतीय नन ओभन ब्यागको अबैध कारोबार बढेको छ ।


ब्यापारीहरुले भारतीय बजारबाट अबैध रुपमा क्यारिङ्ग गरि भित्र्याएका ब्यागको प्रयोग गरिरहेका छन । यसरी भारतीय बजारबाट आयातीत ब्यागको प्रयोग बढेपछि लाखौ रुपैया खर्चेर धनगढीमा ब्यागका उद्योग ब्यबसाय गरिरहेका व्यावसायिहरु धरासाही हुने अवस्थामा पुगेका छन ।



धनगढीमा बिगत लामो समयदेखि नन ओभन ब्यागको उत्पादन गरिरहेका ब्यबसायीहरुले भारतीय बजारमा उत्पादित ब्यागको अबैध कारोबार बढेपछि आफुहरु मर्कामा परेको बताएका छन । उनीहरुले यसरी अबैध रुपामा समान नेपाल आउँदा एकातिर राज्यलाई राजश्व नोक्सानी हुने र अर्कोतिर लाखौ खर्चेर शुरु गरेको ब्यबसाय नै धरापमा पर्ने बताए ।




