अत्तरियामा जारी महोत्सवमा आज माघ ४ गते गायिका शान्तिश्री परियार, सोनु कुश्मी, गायक भिम बिष्ट सँगै बाल गायक सुप्रिम मल्ल आउदै

अत्तरिया: कैलालीको अत्तरियामा जारी महोत्सवमा माघ ४ गते गायक भिम बिष्ट, गायीका सोनु कुश्मी, शान्तिश्री परियार र बाल गायक सुप्रिम मल्लको प्रस्तुती रहने संघका महासचिव यज्ञराज जोशीले जानकारी दिए ।

 

पुस २७ गते बाट सुरु भइरहेको अत्तरिया उद्योग वाणीज्य संघ द्वारा आयोजित महोत्सव दिनप्रतिदिन दर्शक घुइँचो बढ्न थालेको हो । महोत्सवमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बजोड प्रस्तुति राख्दै आएका छन् ।

 

त्यस्तै मंगलबार माघ ३ गते गायक राम जी खाँड, टेक विबी सँगै बाल गायक आयुषा गौतमको प्रस्तुती रहेको थियो । उहाँको गितमा दर्शकहरुले भरपुर मनोरञ्जन गरी झुमेका थिए ।

 

त्यस्तै महोत्सवमा डेढ सय वटा स्टल रहेका छन । बाल उद्यान, रमाइलो मेला, थारु खानाका परिकारहरु महोत्सवमा रहेका छन्। महोत्सवको विशेष आकर्षणका रुपमा लामीतालमा डुङ्गाको व्यवस्था पनि गरिएको छ । महोत्सवमा विद्यार्थीहरुको लागि ५० र सर्वसाधारणका लागि ८० रुपैयाँ टिकट कायम गरिएको आयोजकले जनाएको छ । फरक क्षमता भएका व्यक्तिहरु,जेष्ठ नागरिक तथा एकल महिलाका लागि भने महोत्सव प्रवेश निःशुल्क गरिएको छ । महोत्सव माघ ९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रदेशको कृषि, उद्योग, पर्यटन, कला संस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०७२ सालदेखि हरेक वर्ष सुदूरपश्चिम प्रादेशिक महोत्सवको आयोजना गरिँदै आएको छ ।

Loading...