सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा निर्माणका लागि हस्ताक्षर अभियान शुरु

अत्तरिया: उधोग बाणिज्य संघ अत्तरियाले प्रदेशको राजधानी कार्यन्वयनको लागि दबाब दिन ह्स्ताक्षर अभियान थालेको छ । अत्तरियामा जारी महोत्सवको मुल गेटमा सर्बसाधारणहरुको हस्ताक्षर शुरु गरिएको संघका अध्यक्ष अशोक राज देबकोटाले बताए ।

 

उनले गोदावरी २ र ४ मा सरकारले प्रदेशको राजधानी घोषणा गरिएपनी भौतिक संरचना अहिलेसम्म निर्माण नगरेको भन्दै दबाब दिन अभियान थालेको बताए ।

 

महोत्सव अबधि भर हस्ताक्षर संकलन गरिने देबकोटाको भनाई छ । हस्ताक्षर संकलन भएपछि सरकारलाई बुझाइने संघको योजना रहेको छ । महोत्सव माघ ९ गते सम्म चल्ने छ ।

Loading...