कैलालीको अत्तरियामा ‘प्याब्सन फेस्टिबल’ सुरु, प्याब्सनमा आवद्ध १६ विद्यालयको सहभागिता
अत्तरिया: कैलालीको अत्तरियामा गोदावरी नगरस्तरिय ‘प्याब्सन फेस्टिबल’ सुरु भएको छ । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) गोदावरी नगर कमिटीको आयोजनामा बुधबार देखि ‘प्याब्सन फेस्टिबल’ सुरु भएको हो ।


फेस्टिवलको एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले उद्घाटन गरेका छन् । फेस्टिवलको उद्घाटन गर्दै नगरप्रमुख भट्टले शिक्षाको विकासका लागि निजी विद्यालयको महत्तपूर्ण भूमिका भएकाले यसलाई राज्यले फरक दृष्टिकोणले हेर्न नहुने बताए ।




‘निजी क्षेत्रबाट संंचालित विद्यालयलहरुले शैक्षिक गुणस्तरलाई अगाडी बढाएको देखिन्छ’ उनले भने ‘म निजी क्षेत्र संग मिलेर काम गर्न तयार छु । यसका लागि सबैलाई हातेमालो गर्न अनुरोध गर्दछु ।’


नगर क्षेत्रमा प्याब्सनमा आवद्ध १६ विद्यालय सहभागि रहेको प्याब्सन फेस्टिबल माघ १० गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।
गोदावरी नगरपालिका – ३ चौकिडाँडामा रहेको लेमनग्रास खेल मैदानमा उद्घाटन गरिएको प्याब्सन फेस्टिवलका कार्यक्रम चौकिडाँडा सामुदायिक भवन रहेको प्राङ्गण र कनकवा खेल मैदान पनि संचालन हुने छ । फेस्टिबलमा ३ विधा अन्तरगत २६ वटा खेल खेलाईने छ ।
फेस्टिबलमा प्याब्सनमा आवद्ध प्राथमिक, निम्न माध्यमिक र माद्यमिक तहका विद्यार्थीलाई समेटिएको छ । फेस्टिबलमा विजेता खेलाडीहरुलाई प्रमाण पत्र, मेडल र सहभागि विद्यालयलाई रनिङ ट्रफि दिइने आयोजकले जनाएको छ ।



