बझाङको बुंगल नगरपालिका ‍- ६ मा एक महिला मृत फेला

बझाङ: बझाङमा एक महिला मृत फेला परेकी छन्।

जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ६ कफलसेरीकी ४५ वर्षीया मोहना दमाई मृत फेला परेकी हुन्।

उनी कफलसेरी खोलामा मंगलबार मृत अवस्थामा फेला परेकी हुन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Loading...