सिगासको गाँजरी स्वास्थ्य चौकीमा वन्ध्याकरण शिविर सम्पन्न,१७ जनाले वन्ध्याकरण गरे

बैतडी: जिल्ला स्वास्थ्य कार्यालय बैतडीको आयोजना सिगासको गाँजरी स्वास्थ्य चौकीमा आज माघ ४ गते वन्ध्याकरण शिविर सम्मपन्न भएको छ।

 

शिविरमा सन्तानको रहर पुगिसकेका १२ जना महिलाले मिनिल्याप,२ जनाले इम्पलान्ट र ३ जना पूरुषले भ्यासोक्टोमी गरि वन्ध्याकरण गरेको गाँजरी स्वास्थ्य चौकीका प्रमुख जनकसिंह धामीले बताउनुभयो ।

उहाँले सन्तानको रहर पूरा गरिसकेका गाउँपालिका भरिका १४ जना महिला र ३ जना पूरुष गरी १७ जनाले वन्ध्याकरण गरेको बताए ।

 

स्वास्थ्य कार्यालय बैतडीका अनुसार माघ ३ गते दोगडाकेदार गाउँपालिकाको न्वाली स्वास्थ्य चौकी, ४ गते आज सिगास गाउँपालिकाको गाँजरी स्वास्थ्य चौकीमा संचालन गरि सकिएको र ५ गते पुर्चौडी नगरपालिकाको कुवाकोट स्वास्थ्य चौकीमा वध्याकरण शिविर सञ्चालन हुने छ ।

Loading...