स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको आचारसंहितामा कडाइ गर्दै

काठमाडौं: त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको आचारसंहितामा कडाइ गर्ने भएको छ । निर्वाचन हुनु करिब डेढ महिनाअघि कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आचारसंहिता तयारी गरिरहेको छ ।

 

त्रिविको सिनेटको २०७३ सालमा बसेको सिनेटको बैठकले स्ववियु निर्वाचनको आचारसंहिता तयार गरेको थियो । चैत ५ गते हुने निर्वाचनमा पनि सोही आचारसंहिता लागु गर्ने तयारी भएको छ ।

 

‘सामान्य हेरफेर होला, बाँकी सबै स्ववियु निर्वाचनकै आचारसंहितासम्बन्धी निर्देशिका–२०७६ अनुसार कार्यान्वयन हुनेछ’, केन्द्रीय निर्वाचन अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले भन्नुभयो ।

 

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Loading...