सांसद सिके रावतले फेसबुकमा हत्कडी लगाएको तस्वीर सार्वजनिक गर्दै लेखे शासक वर्गले हेप्यो


काठमाडौँ: जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सीके राउतले शासक वर्गले पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गरेर हेपेको आरोप लगाएका छन् । बुधबार राति सामाजिक सञ्जाल फेसबुकमा हत्कडी लगाएको तस्वीर सार्वजनिक गर्दै डा. राउतले नेपालका शासक वर्गलाई पश्चगामी चरम नश्लवादीहरुको झुण्डको संज्ञा समेत दिएका छन् ।


फेसबुकमा उनले शासक वर्गले जसपा, लोसपा, जनमत र नाउपा सबैलाई पाखा लगाएको भन्दै आक्रोश समेत पोखेका छन् ।



मधेशले यसको प्रतिकार गर्ने उनको भनाइ छ । उनले सडक र आन्दोलनको विकल्प सँधै खुल्ला नै रहेको बताएका छन् ।





