कैलालीको लम्कीमा खुकुरी प्रहारबाट २ जना घाइते, चार जना पक्राउ

धनगढीः कैलाली जिल्लाको लम्कीचुहा नगपालिका १ भुरुवामा खुकुरी प्रहारबाट दुई युवक घाइते भएका हुन्। प्रहरीका अनुसार घाइते हुनेमा जगत टमटा र राजेश टमट्टा रहेका छन्। सोमबार राति छिमेकीको घरमा नाच्न गएको समयमा करीब १० बजेतिर आपसी विवाद भएपछि लफडा भएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

विवादपछि स्थानीय ४ जना युवाले २१ वर्षीय जगत टमट्टा र २५ वर्षीय राजेश टमटामाथि धारिलो हतियार प्रहार गरेको बताइएको छ। यस्तै घाइते दुबै जनाको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ भने प्रहरीले घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको छ।

 

 

तर, उनीहरुको नाम खुलाएको छैन्। घटनामा संलग्न एक जना खगेन्द्र देवकोटा रहेको र अन्यको नाम खुलाउन नमिल्ने प्रहरीको भनाइ छ।

 

Loading...