सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु
समाजभित्र किन मरेपछि उपचार गर्छन्,
याहाँ सधैभरी रूढीवादी व्यवहार गर्छन्।
न कसैको मर्म बुझ्छन् न कर्तव्य कसैले,
सच्चाईलाई पाखा लगाई सत्कार गर्छन्।
बुनेकै छ मानिसले भुलभुलैयांको जालो,
समाजमा कुरितीको सधै व्यापार गर्छन्।
कसैको हृदय टुक्रा-टुक्रा हुन्छ समाजमा,
कसैले जातिको नाममा कारोवार गर्छन्।
भन्छन् कुरिती फैलीयो चिन्दैनन् गोरेटो,
उही गलती किन उनैले बारमबार गर्छन्।
संसार भरी हुँदै नभयको कुरितीको पछि,
मानिसले आपसमै किन नरशंहार गर्छन्।


॥२॥




देश भरी आज सोकको लहर भयो,
उड्न,गुड्न पनि अब सारै डर भयो।
सुरक्षित छैनौं मानव समुदाय आज,
हिंड्ने गुड्ने जिवनको के भर भयो।
व्यवस्था किन यती खल्लोछ देशमा,
असुरक्षित हाम्रो सधैको सफर भयो।
मरे कि मारिए सरकार छानबिन गरौं,
देशभरी चिन्तित सबैको अधर भयो।
हार्दिक श्रद्धाञ्जली भनी पुग्दैन अब,
यही व्यबस्थामापनि ठुलै असर भयो।
छानबिन त गराउँ निश्पक्षिय दुर्घट्ना,
निशब्द यो घटनाले हिया परपर भयो।
दिनौं दिन नेपालमा हुंने घटनाहरूको,
संसारभरी बनकै आगो झैं खबर भयो।


॥३॥
मानिसको घाउ न त सांटेर सकिन्छ,
न हथियारले च्याट्ट कांटेर सकिन्छ।
जसलाई चोट लाग्छ दुख्छ उसैलाई,
न कसैसँग पनि घाउ बांटेर सकिन्छ।
घरमा एउटा रोगी छ भने घरनै रोगी,
न ढांडस बांधेर सधै ढांटेर सकिन्छ।
गर्न सक्ने सहयोग त ऐसास मात्र हो,
न योवेला आफै केही आंटेर सकिन्छ।
सरिरको बेथा त जस्लाई छ उसैलाई,
न अरूले दन्तेकथानै छांटेर सकिन्छ।
सुरेशकुमार पान्डे



