विश्वकप फुटबल जिते सँगै ढिलै भए पनि अर्जेन्टिनाले नेपाललाई यसरी सम्झियो !

काठमाडौं: गत नोभेम्बर १८ मा फ्रान्सलाई हराउँदै लियोनल मेसीप्रेरित अर्जेन्टिनाले विश्वकप फुबलको उपाधि जित्यो। ३६ वर्षपछि विश्वकपको उपाधि उचोलेपछि अर्जेन्टिनाका नेपाली समर्थकको खुसीको सीमा रहेन। उनीहरूले खुलेरै हर्सोल्लास मनाए। यो क्रम नेपालमा मात्र नभएर भारत, बंगलादेशलगायत सिंगो दक्षिण एसियाभर चल्यो।

 

यसैबीच, अर्जेन्टिनी फुटबल संघले आफ्ना सामाजिक सञ्जालका पेजहरूमा बंगलादेश, भारत, भारतको केरला र पाकिस्तानको नाम लिएरै धन्यवाद ज्ञापन भयो। तर, त्यहाँ नेपालको नाम थिएन। यसले गर्दा ब्राजिल, पोर्चुगल, फ्रान्स, जर्मनीलगायत देशका समर्थकले नेपालस्थित अर्जेन्टिनाका समर्थकलाई सामाजिक सञ्जालमार्फत उडाए।

 

विश्वकप सकिएको एक महिना भइसकेकाले यो विषय सेलाउँदै गएको थियो। यद्यपि, अहिले आएर अर्जेन्टिनी फुटबल संघले एउटा प्रशंगमा नेपालको पनि नाम लिएको छ। अर्जेन्टिना राष्ट्रिय टोलीले यसै वर्ष बंगलदेशमा आएर मैत्रीपूर्ण खेल खेल्ने प्रशंगमा अर्जेन्टिनी फुटबल संघको आधिकारिक सञ्चारमाध्यम मुन्डो अल्बिसेलेस्टेले नेपालको नाम दिएको हो।

 

‘अर्जेन्टिना बंगलादेश भ्रमणका लागि सम्झौतानजिक पुगेको छ’ शीर्षकमा समाचार छाप्दै मुन्डो अल्बिसेलेस्टेले बंगलादेशसँगै भारत, मलेसिया, नेपाल, श्रीलंका र यीसँग जोडिएका देशमा अर्जेन्टिनी समर्थक भएकाले यस क्षेत्रको भ्रमण गर्न लागेको जनाएको छ। ‘बंगलादेश, भारत, मलेसिया, नेपाल, श्रीलंका र वरपरका देशहरूमा विश्वविजेता अर्जेन्टिनाको फ्यानहरूको ठूलो फ्लोइङ रहेको छ। यो कुरा हामीले पहिलेदेखि थाहा भएको भए पनि विश्वकपमा हामीलाई मिलेको समर्थनले थप पुष्टि गरेको छ। यसकारण अर्जेन्टिनाले उयस क्षेत्रको भ्रमण गर्नेछ,’ समाचारमा भनिएको छ। अर्जेन्टिनी फुटबल संघ बंगलादेशको फुटबल संघसँग मैत्रीपूर्ण फुटबल गराउने विषयमा लगभग सहमतिनजिक पुगिसकेको मुन्डो अल्बिसेलेस्टेको दाबी छ।

 

अर्जेन्टिनाले बंगलादेशको भ्रमण गर्ने निश्चित भए पनि उसले कुन टोलीसँग मैत्रीपूर्ण खेल्दैछ भन्ने चाहिँ तय भएको छैन। साथै, समय तय नभए पनि सो खेल सन् २०२३ भित्रै हुने भने निश्चित छ। अर्जेन्टिनाले यसअघि सन् २०११ मा मैत्रीपूर्ण खेलका लागि बंगलादेश र भारतको भ्रमण गरेको थियो।

Loading...