भानुभक्त जोशीले लेखेका शब्दमा देउडा गायक भोजराज भट्टले पोखरामा भएको प्लेन दुर्घटनाको कारुणिक बेदनालाई देखाउदै देउडा ठाडी भाका (भिडियो सहित)

पछिल्लो समयमा लोक तथा डेउडा गितमा लय/शब्द कोरेर चर्चा बटुल्दै आएका चर्चित देउडा गायक तथा कलाकार भानुभक्त जोशीको शब्द सिर्जनामा पोखरामा भएको यति एयरलायन्सको जहाज दुर्घटनालाई लक्षित गरि जहाज दुर्घटना गीत सार्वजनिक भएको छ ।

आफुले जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति सुदूरपश्चिमको ठाडी भाकामाश्रद्धाञ्जली दिएको उनले बताए । बुधबार राति युट्युवमार्फत भाका सार्वजनिक गरेका भट्टले गीत गाउनुका साथै आफूले लय दिएको समेत बताए ।

 

सुदूरपश्चिमकै गायक भानुभक्त जोशीले उक्त गितमा शब्द सङ्कलन गरेका छन् । गीतमा दुर्घटनामा ज्यान गुमाउनुभएका कञ्चनपुरको महेन्द्रनगरका सुस्मा पाण्डेय भट्ट र उहाँका १५ वर्षीय छोरा स्लकलाई समेत सम्झिएको छ ।

‘यो साङ्गीतिक क्षेत्रमा चर्चा कमाउनभन्दा पनि मुलुक शोकमा डुबेका बेला वेदना र यथार्थ पस्किएका भन्नुहुदै हवाई यात्रा असुरक्षित बन्दै गएको विषय गीतमा समेटेको छु’ उनले भने ।

 

उनले विसं २०५२ मा सुदूरपश्चिमको सेतीमा बस दुर्घटना हुँदा उनले वियोगान्त गीत सार्वजनिक गरेको स्मरण गरे । ‘शोकका बेला मैले ल्याएको यो तेस्रो गीत हो’, देउडा गायक भट्टले भने ‘ठाडीमा रमाइलो गीतभन्दा पनि दुःख वेदनाको विषय मात्रै समावेश हुन्छ ।’यती एयरलाइन्सको विमान दुर्घटनामा परी ७२ जनाको ज्यान गएको थियो । अहिले शव आफन्तको जिम्मा लगाउनेक्रम सकिएको छैन् । सोही विमानमा सवार महेन्द्रनगरका आमा/छोराको शव अझै आफन्तले पाउन सकेका छैनन् ।

 

गायक भट्टले राति अपलोड गरेको उक्त भाकालाई हालसम्म ५८ हजार बढीले युट्युवमा हेरिसकेका छन् । गीत सुनेकाले दुःखद घडीमा मार्मिक सिर्जना गरेको भन्दै गायकको प्रशंसासमेत गरेका छन् ।

रासस

Loading...