यो बन्द कोठाभित्र ३० दिनदेखि भोकभोकै बसिरहेका दावाको रुवाउने कथा । भित्र छिर्दा सबै छक्क, यस्तो खादै बाँचेका रहेछन् (भिडियो हेर्नुस)


काठमाडौं मुलपानी, क्रिकेट स्टेडियम नजिक मनकामना टोलको एउटा टहरोमा बस्ने ३२ बर्षे दावा तामांगले हामीलाई एकासी रुदै फोन गरे । फोनमा आफुले १ महिनादेखि खाना खान नपाएको र पानी र चना, बदाम केराउको भरमा बांचेको बताए ।
हामी त्यहां पुग्दा दावाको अवस्था नाजुक र दर्दनाक देखेऊ । कोठमा खाने र पकाउने केहि सामान थिएन, छेउको फोहोरको बोरामा केराउ र चना खाएका प्लाष्टिक नै प्लाष्टिक थिए । भोक सहन नसकेर दावाले कति पटक मर्ने कोशिस पनि गरेछन् । त्यसको लागि उनले छाप्रोको माथि बिजुलीको तार पनि बाधिसकेका रहेछन् ।


शारीरिक अपांगता भएका दावा राम्ररी बोल्न सक्दैनन भने उनको ढाडमा पनि समस्या रहेछ, हिड्न सामान्य मान्छेहरु जसरी नसक्ने रहेछन् । बसेको ठाउंको भाडा ३२०० छ, २ महिनादेखि तिरेको छैन, दावालाई समस्या माथि समस्या छ ।
यो दुखले भरिएको भिडियोलाई पुरा हेरेर सबैले लाईक र कमेन्ट गरिदिनुहोला । यो भिडियो सबै मांझ पुराउन जति सक्दो शेयर गर्नुहोला है । काठमाडौंमा दावाको कोहि रहेनछन् । आमा बुवाले नै छोडे । पहिले आफुले सक्ने काम गरेर जीवन चलाउने काम गरेका उनको अहिले केहि काम भएपछि यो अवस्था आयो । दावाले मनभरीको पिडा हामीलाई सुनाए ।



पुरानो, फोहोर र मक्किसकेको ओढ्ने ओछ्याउने, सिरानी, एउटा ग्यांस चुल्हो, मन भुलाउन गीत सुन्न एउटा स्पिकर बाहेक उनको कोठमा केहि छैन । यो गाह्रो अवस्थामा कसैको सहयोग गरे आफुलाई सजिलो हुन्थ्यो दावा भन्छन् ।
१ महिनादेखि भात नखाएका दावालाई हामीले भात खानु र कोठमा चाहिने केहि सामान किन्नु भनेर रु ५००० सहयोग दियौं । यदि यो भिडियो हेर्ने तपाईहरु मध्ये कोहिले दावा भाईलाई सहयोग गर्न चाहनु भयो भने उनको फोन नं ९८४०४०२४०५ मा सम्पर्क गनुृहोला । यदि हामी मार्फत सहयोग गर्न चाहनुहुन्छ भने मेरो नं ९८११००६९२९ मा सम्पर्क गर्नुहोला है । दावा भाईलाई मुख्य त एउटा कामको खांचो छ । त्यसपछि कोठामा खाने खाद्यान्न, पकाउने भाडा कुडा र ओढ्ने, ओछ्याउने किन्न पैसा छैन । शारीरिक अपांगता भएपनि आफै काम गरेर खान्छु भन्ने हिम्मत राख्ने दावालाई यो समयमा परेको अप्ठेरोमा सबैले सहयोग गरिदिनुहोला है । आउनुहोस, दावाको दुखले भरिएको कथा पुरा सुनौं । भिडियो हेर्नुस



