सुनचाँदी किन्न भनि बजार जादै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको सुनचाँदीको मूल्य विवरण
काठमाडौँ : नेपाली बजारमा सुनको भाउ फेरि आकाशिएको छ । बिहिबार प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन ७ सय रुपैयाँले बढ्दै १ लाख ५ हजार २ सय रुपैयाँमा उक्लिएको हो ।


यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ७ सय रुपैयाँले नै बढ्दै १ लाख ४ हजा ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढ्दै आज १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






