कैलालीको गोदावरी जंगलमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, १ जना घाईते

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा न. १२ मा पर्ने गोदावरी जंगलक्षेत्रमा बिहान ट्याक्टर दुर्घटना भई घाइते भएका १ जनाको मृत्यु भएको छन । गोदावरी नगरपालिकाको रातापानी सामुदायिक वनमा ट्रयाक्टर दुर्घटना हुँदा घाइते भएका ट्याक्टरका सहचालक पुनर्वास -१० का ४० वर्षीय मनीराम चौधरीको मृत्यु भएको हो ।

से १ त ६१९३ नम्बरको ट्याक्टरको इन्जनमुनी च्यापिएका चौधरीको उद्धारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्र पाण्डेले जनाएका छन् । यसै ट्याक्टरका ड्राईभर ४१ बर्षिया सत्तु राना पनि घाइते भएका छन् । निजको उपचार धनगढीमा रहेको मायामेट्रो अस्पतालमा उपचार भै रहेको कुरा प्रहरीले जनाएको छ ।

Loading...