धनगढी उपमहानगरपालिका– ११ मा बेलादेबीपुरमा शिवपुराण एकादशाह ज्ञानमहायज्ञ महोत्सव हुने


धनगढी ः धनगढी उपमहानगरपालीका वडा नम्बर ११ को बेलादेबीपुर धाममा ज्ञान महायज्ञ तथा विश्वकल्याण श्रृंगार महाआरती हुने भएकाे छ । मन्दिरकाे स्तराेन्नति तथा पर्यटकलाई आकर्षण गराउन महायज्ञ गरिन लागेकाे हाे । मन्दिर परिषरमा माघ २५ गते देखी फागुन ६ गतेसम्म ज्ञान महायज्ञ गरिने आयाेजकले जानकारी दिए । महायज्ञकाेे बेलादेवीपुर धाम शिवपुराण एकादशाह ज्ञानमहायज्ञ मुल आयोजक समिति रहेकाे छ । मन्दिरको स्तरोन्ती गर्नुका साथै बेलादेवीपुर धामको गुरुयोजना अनुसार बेला तालमा शेष शैयामा शयन गर्नु भएका लक्ष्मीनारायणको ठुलो मुर्ती निमार्ण गर्ने बेलादेबीपुर धाम शिवपुराण एकादशाह ज्ञानमहायज्ञ मुल आयोजक समितिका अध्यक्ष कवीराज जोशीले बताए । महायज्ञ सफलता पूर्वक सम्पन्न गर्नका लागी १०१ जानको मुल समिति गठन गरेको र ९ वटा उप समिति गठन गरेर तयारीमा तयारीमा कार्यसमीति पनि जुटि सकेको धनगढी उपमहानगररपालीका वडा नम्बर ११ अध्यक्ष रुप बहादुर कुवरले वताए । महायज्ञमा प्रवचन व्यास पुर्णानन्द जोशी र प्रवचक सत्यराज अवस्थीले गर्नेछन् । बेलादेबीपुर धाम शिवपुराण एकादशाह ज्ञानमहायज्ञ मुल आयोजक समितिका अध्यक्ष जोशीका अनुसार महायज्ञमा १० लाख र लक्ष्मीनारायणको ठुलो मुर्ती निमाणको लागी करीब २५ लाग्ने उनले वताए ।




