जयपृथ्वी नगरपालिकाद्धारा स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिजा) को नतिजा सार्वजनिक
बझाङ: आज जयपृथ्वी नगरपालिकाले गुणस्तरीयताको नतिजा सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८।०७९ मा संञ्चालन गरिएका कार्यक्रम, सेवा प्रवाह तथा प्रशासनिक सुधारमा आएको परिवर्तन तथा प्रगतिको नतिजा सार्वजनिक गरेको हो । संघिय सरकारले दिएको निर्देशन तथा कार्यविधि अनुरुप रहेर प्रत्येक पालिकाहरुले प्रत्येक आर्थिक वर्षमा स्थानीय तह संस्थागत क्षमता मुल्याङ्कन गर्ने गरिएको जयपृथ्वी नगरपालिकाका सुचना तथा प्रविधी अधिकृत सुमन बोगटीले जानकारी दिनुभयो ।


जयपृथ्वी नगरपालिकाले गरेको स्वमुल्याङनमा नगरपालिकाले औषतमा ६० प्रतिशत अंक प्राप्त गरेको छ । नगरपालिकाको समग्रस्थिती ६३.१, प्रक्रियागत स्थिती ६४.७१ र परिणात्मक स्थिती ५५.५६ प्रतिशत रहेको छ । त्यसैगरी विधागत रुपमा नगरपालिकाले मुल्याङ्कन गर्दा शासकीय प्रवन्धमा ८३.३३, संगठन तथा प्रशासन तर्फ ७५, वार्षिक वजेट तथा योजना व्यवस्थापन तर्फ ६८.१, वीत्तिय एवम् आर्थिक व्यवस्थापन तर्फ ७७.२७ प्रतिशत अंक प्राप्त गरेको छ।




त्यसैगरी सेवा प्रवाहमा ५६.२५, न्यायिक कार्यसम्पादनमा ९२.८६, भौतिक पुुर्वाधार तर्फ ३४.६२, सामाजिक समावेशीकरण ४७.५, वातावरण संरक्षणल तथा विपद व्यवस्थापन तर्फ ५५.५६ रहेको छ भने सबै भन्दा कम सहकार्य समन्वय तर्फ १६.६७ प्रतिशित अंक प्राप्त गरेको हो । यो नितिजाले नगरपालिकाको संस्थागत क्षमताको अवस्था कस्तो रहेको छ भन्ने वारेमा मुल्याङ्कन गरेको देखाउने सुुचना तथा प्रविधी अधिकृत बोगटीले जानकारी दिनुुभयो ।




