अन्तत: गृहमन्त्री रबी लामिछानेले लिने भए एक्सन: सांसद कोइरीलाई पक्राउ गर्न निर्देशन ✍️ संवाददाता प्रकाशित: ६ माघ २०७९, शुक्रबार २०:५४ काठमाडौँ: कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले मौखिक आदेश हुँदा पनि सांसद कोइरी पक्राउ नपरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।